सिलगढीका छात्रले निर्माण गरे अटोमेटिक सेनिटाइजर मशीन

सिलगढी : सिलगढी नगरनिगमको 7 नम्बर वार्ड विवेकानन्द पल्लीका माध्यमिक उतीर्ण शेख मनीरूल इस्लामले कोरोनाबाट बाँच्नको लागि अटोमेटिक सेनिटाइजर मशीन बनाएका छन्। लकडाउन अवधि कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि तिनले एउटा अटोमेटिक सेनिटाइजर मशीन निर्माण गरेका छन्। यसको निर्माण गर्न लगभग 250 देखि 300 रुपियाँको खर्च गरेका छन्। हाल कोरोना भाइरसबाट बाँच्नको लागि धेरैजसो ठाउँहरूमा फूड सेनिटाइजर, हातले दबाउन पर्ने सेनिटाइजर मशीन राखिएको हुन्छ। तर शेख मनीरूल इस्लामले निर्माण गरेको सेनिटाइजर मशीनको प्रयोग गर्नको लागि हात अथवा खुट्टाको प्रयोग गर्नु पर्दैन। केवल मशीन मुनि हात राखेपछि आफै सेनिटाइजर निक्लिन्छ साथै तपाईंले आफ्नो हात सेनिटाइज गर्न सक्नु हुनेछ। यस मशीनलाई हातले स्पर्श गर्न नपर्ने हुनाले कोरोनाबाट बाँच्न यो अझ सुरक्षित छ। तिनले यो मसीन बनाउनको लागि गुगलबाट केही आइडिया लिएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *