सिलगढीका एकजना व्यक्ति साइबर क्राइमको सिकार, ब्याङ्क खाताबाट गुमाए 1 लाख रुपियाँ

सिलगढी : सिलगढीको हाकिमपाडा निवासी मिठुन पाल साइबर क्राइमको सिकार बनेपछि तिनले 1 लाख रुपियाँ गुमाएका छन्। मिठुन पालको आरोप अनुसार क्रेडिट कार्डको लागि आवेदन गरेपछि तिनको मोबाइलमा बारम्बार फोन आइरहेको थियो। गत 16 दिसम्बरको दिन तिनलाई फोनमार्फत् एकजना व्यक्तिले तिनको क्रेडिट कार्डको 16 डिजिटको नम्बर, ठेगाना र नाम बताए। प्लाटिनम कार्ड बद्ली गर्ने तिनले अनुरोध गरेपछि तिनको मोबाइलमा एउटा ओटीपी नम्बर आयो। यसपछि तिनले उक्त नम्बर सो व्यक्तिलाई जनाएपछि तिनको ब्याङ्क खाताबाट 1 लाख रुपियाँ काटेको थाहा पाएपछि तिनले क्राइम थानामा यसबारे अभियोग दर्ता गरे। क्रेडिट कार्डको जानकारी अपराधीहरूकोमा कसरी पुग्यो भन्नेबारे तिनले प्रश्न गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes