सिलगढीका हिमाङ्शु शेखर जोइन्ट एन्ट्रान्स परीक्षामा राज्यमा दोस्रो

सिलगढी : सिलगढीका हिमाङ्शु शेखरले जोइन्ट एन्ट्रान्सको परीक्षामा राज्यमा दोस्रो स्थान ओगटेका छन्। तिनी सिलगढीको भानुनगरको निर्माण विद्याज्योति स्कुलका विद्यार्थी हुन्। आज राज्य जोइन्ट एन्ट्रान्सको सूची जारी गरियो। तिनको कम्प्युटर साइन्स लिएर पढ्ने इच्छा रहेको छ। हिमाङ्शुको बाबु शेखर कुमार आयकर विभागमा कार्यरत छन्। छोराको सफलतामा हिमाङ्शुको परिवारका सदस्यहरू निक्कै खुसी छन्। हिमाङ्शुले बताएअनुसार राम्रो रिजल्ट आउने आशामा थिए। दिनमा समय पाए पढ्ने गर्दथे। स्कुलका शिक्षक तथा परिवारका सदस्यहरूले सधैँ सहयोग गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *