सिलगढीका महकुमाशासकले पुलिसलाई साथमा लिएर परिभ्रमण गरे संवेदनशील बुथहरूको

सिलगढी : आगामी 12 फरवरीमा सिलगढी नगरनिगम चुनाउ सम्पन्न हुने भएकोले चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने उद्देश्यले प्रशासन तत्पर रहेको छ। यसैबीच संवेदनशील केन्द्रहरू चिन्हित गरेर ती बुथहरूमा चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउन चुनाउ आयोगले तयारी शुरू गरेको छ। पुलिस प्रशासनले रूट मार्च गरे भने यस अवधि संवेदनशील बुथहरूको सिलगढी महकुमाशासक श्रीनिवास भेङ्कटराव पाटिलले परिभ्रमण गरे। यस अवसरमा एसीपी ईस्ट सुभेन्द्र कुमार पनि उपस्थित थिए। सिलगढीको 34 र 35 नम्बर वार्डको केही बुथहरूको महकुमाशासकले परिभ्रमण गरे। तिनले बुथको निरीक्षण गरेपछि तिनले भने, कोरोनाको सबै नियमहरू पालन गर्दै नगरनिगम चुनाउ सम्पन्न गराइनेछ। सबै बुथहरूमा आशा कर्मीहरूलाई नियुक्त गरेर तिनीहरूले मतदान गर्न आउने मानिसहरूको थर्मल स्क्रिनिङ तथा सेनिटाइज गर्नेछ। यसको साथै मास्क वितरण तथा सामाजिक दूरीलाई पानल गर्ने चुनाउ सम्पन्न गराउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.