सिलगढीका नयाँ पुलिस कमिश्नर सी सुधाकरले सम्हाले कार्यभार

सिलगढी (निसं): सिलगढी शहरमा नयाँ पुलिस कमिश्नर सी सुधाकरले आजदेखि आफ्नो पदभार सम्हाले। यस अवसरमा तिनले उत्सवको यस मौसमलाई शान्तिपूर्ण ढंगमा सम्पन्न गराउने तिनको पहिलो पहल हुनेछ भनी बताए। नयाँ पुलिस कमिश्नर सी सुधाकरलाई सिलगढी मेट्रोपोलिटनको डीसीपी, एसीपी लगायत विभिन्न थानाका आईसीहरूले फुलका गुच्छाहरू दिएर स्वागत जनाए।
स्मरण रहोस, गत 12 सितम्बर मंगलवारको दिन राज्य पुलिस विभागले केही आइपीएस अधिकारीहरूको फेरबदल गरेको छ। जस अन्तर्गत सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी स्थानन्तरण भएर जलपाइगढी रेञ्जका आईजी पदमा स्थानन्तरण भएर गए। अखिलेश कुमार चतुर्वेदीले लगभग एक वर्षसम्म यहाँ उक्त पदभार सम्हाले। यसपछि, डीआईजी जलपाइगढी रेञ्जका सी सुधाकरलाई सिलगढीको पुलिस कमिश्नर नियुक्त गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *