सिलगढीका निखोज नाबालिका पूर्व बर्धमानबाट उद्धार, एकजना पक्राउ

सिलगढी : सिलगढी पुलिसले गत 24 अगस्तको दिन निखोज भएकी नाबालिकालाई गत राति पूर्व बर्धमानबाट उद्धार गरेको छ भने पुलिसले यस मामिलामा एकजना युवकलाई पनि पक्राउ गरेको छ। पक्रा परेका युवक पूर्व बर्धमानको शक्तिगढ़ निवासी तुषार मलिकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको महावीरस्थान निवासी एउटी नाबालिका गत 24  अगस्तको दिन निखोज भएकी थिइन्। परिवारका सदस्यहरूले उक्त नाबालिकाको यताउता खोजी गरे तापनि कुनै पत्तो नलागेपछि अन्तमा 26 अगस्तमा सिलगढी थानामा नाबालिका निखोज भएकोबारे एउटा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका सिलगढी पुलिसले सोशल मीडियामार्फत् पूर्व बर्धमानको शक्तिगढ़ निवासी तुषार मलिकसित नाबालिकाको सम्बन्ध रहेको थाहा पाए। यसपछि गत 31 अगस्तमा सिलगढी थानाको एउटा पुलिस टोलीले पूर्व बर्धमानको शक्तिगढ़मा अभियान चलाएर उक्त नाबालिकालाई उद्धार गर्नको साथै तुषार मलिकलाई पनि पक्राउ गरेर सिलगढी ल्याए। आज आरोपी युवकलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *