सिलगढीका फोन स्न्याचर बाऊ उर्फ् शिवा बर्मन पक्राउ

सिलगढी : सिलगढीको मोस्ट वान्टेड फोन स्न्याचर बाऊ उर्फ् शिवा बर्मनलाई प्रधान नगर थाना पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपी सिलगढीको दार्जिलिङ मोडमा बसेर मौकाको प्रतीक्षा गर्ने गर्दथे अनि आवत-जावत गर्ने मानिसहरूको ब्याग तथा हातबाट फोन छिनताई गरेर सुइँकुच्चा ठोक्ने गर्दथे। यसैबीच हिजो पनि आरोपीले एक्साइज डिपार्टमेन्टका एकजना अधिकारीको छोरीको फोन छिनताई गरेर भागेका थिए। यसपछि घटनाबारे प्रधान नगर थानामा मामिला दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले अभियान चलाएर उक्त आरोपीलाई पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपीबाट एक्साइज डिपार्टमेन्टको अधिकारीका छोरीको फोन पनि उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बाऊ नशालु पदार्थ सेवन गर्ने गर्दथे। तिनी दार्जिलिङ मोडको दुर्गानगर कोलनी निवासी हुन्। यसभन्दा अघि पनि चोरी तथा छिनताई गरेको आरोपमा धेरैपल्ट जेलमा बसिसकेका थिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *