सिलगढीका प्रमुख भू-माफिया प्रदीप चौधुरी पक्राउ

सिलगढी : भक्तिनगर थाना अन्तर्गत आसिघर आउटपोस्ट पुलिसले सिलगढीका प्रमुख भू-माफियालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।  पक्रा परेका व्यक्ति प्रदीप चौधुरी उर्फ् पीके-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आसिघर आउटपोस्ट पुलिसले गत राति गोप्य सूचनाको आधारमा दक्षिण शान्तिनगरमा भू-माफियाको नाइकेको घरमा अभियान चलाएर एउटा पिस्तोल, एक राउण्ड जिउँदो कार्तुस सहित तिनलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका प्रदीप चौधुरी धेरै समय अघिदेखि जमिनको अवैध रूपमा किन-बेच गर्ने कार्यमा लिप्त थिए भने तिनीविरुद्ध विभिन्न थानामा अभियोग दर्ता गरिएको थियो। तथापि, तिनी धेरै दिनदेखि भागिरहेका थिए। अन्ततः गत राति आसिघर आउटपोस्ट पुलिसले प्रदीप चौधुरीको घरमा अभियान चलाएर तिनलाई पक्राउ गरेको हो। प्रदीप चौधुरीलाई पक्राउ गरेपछि जमिन मामिलामा संलग्न धेरैजना राजनैतिक दलका नेताहरूको नाम अघि आएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.