सिलगढीका शाहबाज रणजी ट्रफी खेल्ने सिक्किम टोलीमा सामेल

सिलगढी : सिलगढीको अग्रगामी संघका क्रिकेटर शाहबाज आलमले सिक्किम राज्य टोलीको तर्फबाट रणजी ट्रफीमा खेल्ने अवसर पाएका छन्। सिक्किम क्रिकेट एसोसिएसनले आज आफ्नो वेबसाइटमा राज्यका क्रिकेटरहरूको सूची जारी गरेर तिनको नाम घोषणा गरेपछि शाहबाज लगायत तिनका परिवारका सदस्यहरू निक्कै खुशी भएका छन्। उक्त खबर फैलिएपछि सिलगढीवासीहरूमा खुशीको लहर छाएको छ। अग्रगामी संघका कोच जयन्तु भौमिकले शाहबाजलाई बधाई दिएका छन्। यसको साथै सिलगढी क्रिकेट लभर्स वेलफेयर एसोसिएसनको पक्षबाट शाहबाजलाई बधाई दिँदै फुलको गुच्छा प्रदान गरेर आउँदो दिनहरूको लागि पनि शुभकामना प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *