सिलगढीका स्टोनम्यान पक्राउ, पुलिसले फेर्‍यो राहतको श्वास

सिलगढी :  प्रधाननगर थानाले अन्ततः स्टोनम्यानको रहस्य उजागार गरेको छ। एक महिनाको कठोर प्रयासपछि पुलिसले स्टोनम्यान कमला पण्डितलाई पक्रेपछि राहतको श्वास फेरेको छ। आरोपी सिलगढी नगरनिगमको एक नम्बर वार्डको राजेन्द्र नगर कोलनी निवासी हुन्। यसभन्दा अघि पनि कमला पण्डित अन्य केही घटनाहरूमा सामेल रहेको पुलिस सूत्रले जनाएको छ। पुलिस सूत्रले दिएको जनकारी अनुसार स्टोनम्यान कमला पण्डितलाई सोधखोजको लागि पुलिसले दुई दिन अघि हिरासत लिएको थियो। सोधखोज अवधि कमला पण्डितले गत 5 अक्टोबरमा एकजना व्यक्तिबाट 2600 रुपियाँ छिन्ताई गरेपछि ढुङ्गाले प्रहार गरेर तिनको हत्या गरिदिएको कुरा स्वीकारे। यस विषयमा डीसीपी कुँवर भूषण सिंहले बताएअनुसार एक महीनाअघि सिलगढी जङ्क्शन इलाकाबाट अज्ञात व्यक्तिलाई ढुङ्गाले प्रहार गरेर हत्या गरेको थियो। यस मामिलामा पुलिसले स्टोनम्यानको रूपमा चिनिने कमला पण्डित नाम गरेका युवकलाई पक्राउ गरेपछि आईपीसी धारा 302 र 201 अन्तर्गत मामिला दर्ता गरिएको छ। आरोपी युवकलाई आज अदालतमा पेश गरेर 10 दिनको रिमाण्डमा राख्ने माग गरेको तिनले बताए। स्मरण रहोस्, गत 6 अक्टोबरमा सिलगढी जङ्क्शन इलाकाबाट पुलिसले ढुङ्गाले हिर्काएर मारेको अवस्थामा अज्ञात व्यक्तिको शव उद्धार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetsezarcasinoperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes