सिलगढीका शुभ्रनील पाल डान्स रियलिटी शो-को टप 10 मा

सिलगढी: सिलगढी सुवासपल्लीका शुभ्रनील पालले आफ्नो उत्कृष्ट डान्स प्रस्तुत गरेर मुम्बईको डान्स रियलिटी शो- को हाल टप 10 मा प्रवेश गर्न सफल भएका छन्। केवल 3 वर्षको उमेरदेखि नै ऋतिक रोशनको फिल्महरू हेरेपछि तिनले डान्स गर्ने प्रेणा पाएको बताइएको छ। यसपछि डान्स नै तिनको जीवनको आधार बन्न पुगेको छ। सानो उमेरदेखिनै तिनले मुम्बईमा विभिन्न रियलिटी डान्स शो-को लागि अडिशन दिएर अंश ग्रहण गरिसकेको पारिवारिक सूत्रमार्फत थाहा लागेको छ। शुभ्रनील सिलगढीको एउटा अंग्रेजी माध्यमको स्कूलबाट माध्यमिक परीक्षा उतीर्ण गरेपछि मुम्बई गएर डान्स सहित अन्य काम गर्न थालेका थिए। हाल तिनी एउटा डान्स रियलिटी शो कार्यक्रमको टप 10 मा पुग्न सफल बनेका छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *