सिलगढीका तृणमूल नेता विष्णुपद साहाको निधन

सिलगढी : सिलगढीको 23 नम्बर वार्डका तृणमूल सभापति विष्णुपद साहा डेङ्गु लगायत अन्य विविध रोगले ग्रसित थिए भने आज सिलगढीको एउटा नर्सिङहोममा उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको छ। केही दिनअघि तिनलाई ज्वरो आए तापनि यसबारे कसैले केही भनेका थिएनन्। यसपछि तिनी शारीरिक रूपमा अस्वस्थ्य भएपछि सिलगढी कलेजपाडास्थित एउटा नर्सिङ होममा तिनलाई भर्ना गरिएको थियो भने त्यहाँबाट गत शनिबार राति हिलकार्ट रोडको अन्य एउटा नर्सिङ होममा लगेर भर्ना गरेपछि तिनको उपचार चलिरहेको थियो। डेङ्गुले गर्दा तिनलाई विविध शारीरिक समस्या भइरहेको थियो भने आज बिहान उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। यसपछि नर्सिङहोमबाट तिनको शव घरमा लगियो। तृणमूलका जिल्ला नेतृत्वहरू, मेयर गौतम देव लगायत अन्य तिनको घरमा पुगेर श्रद्धा सुमन अर्पण गर्नको साथै श्रद्धाञ्जलि दिए। यसको साथै भाजपा विधायक शङ्कर घोष पनि तिनको घरमा पुगेर शोक समवेदना प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *