सिलगढीकी दुई दिदी-बहिनी स्कुलमा प्रथम र दोस्रो स्थानमा

सिलगढी : सिलगढीको भारती हिन्दी हाई स्कुलको छात्रा साधना शर्मा र हेमा कुमारी शर्मा नाम गरेको दुई दिदी-बहिनीले उच्च माध्यमिक परीक्षामा स्कुलमा प्रथम र दोस्रो स्थान ओगटेकी छन्। बहिनी साधना शर्माले 455 अङ्क ल्याएर प्रथम अनि दिदी हेमा कुमारी शर्माले 450 अङ्क ल्याएर दोस्रो स्थान ओगटेर स्कुलको नाम उच्च पारेकी छन्। दुई छोरीको सफलतामा परिवारका सदस्यहरू खुसी छन्। इलेक्ट्रिक मिस्त्री महेश शर्माको दुई छोरी साधना र हेमाले उच्च माध्यमिक परीक्षामा स्कुलमा प्रथम र दोस्रो स्थान ओगटेकी छन्। ती दुई दिदी-बहिनीको डाक्टर बन्ने इच्छा रहेकोले बाबु महेशले तिनीहरूको सपना पुरा गर्ने प्रयास गर्ने बताए। साधना र हेमाले बताएअनुसार डाक्टर बन्ने इच्छा रहेकोले यसको लागि आफ्नो तर्फबाट पूर्ण प्रयास गर्नेछु। तथापि, उक्त सपना पुरा गर्नको लागि आर्थिक समस्या रहेकोले ती द्वयले सरकारी छात्रवृत्तिको आशा साचेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *