सिलगढी किरणचन्द्र श्मशान घाटमा शोकित परिवारका सदस्यसित अभद्र व्यवहार गरेको आरोप

सिलगढी : अन्तिम संस्कार गर्न जाँदा श्मशान घाटमा झमेला साथै कुटपीट गरेको परिवार पक्षको आरोप रहेको छ। घटनाक्रमअनुसार आज दिउँसो सिलगढीको किरणचन्द्र श्मशान घाटमा 22 नम्बर वार्ड निवासी सुशील चन्द्र साहको निधन भएपछि तिनको अन्तिम संस्कार गर्न गएका थिए। श्मशान घाटको छेउमा रहेको एउटा बेञ्चमा मृतकका परिवरको एकजना सदस्य बसेका थिए। त्यहीँ समय बाहिरका केही मानिसहरूले उक्त व्यक्तिलाई बेञ्चबाट उठ्न लगाउनको साथै परिवारका सदस्यहरूसित पनि अभ्रद भाषामा गाली गरेको आरोप लगाइएको छ। घटनास्थलमा 30 नम्बर वार्डका को-अर्डिनेटर स्वपन साहा पनि उपस्थित थिए। ती व्यक्तिहरूले स्वपन साहासित पनि अभद्र व्यवहार गर्नको साथै कुटपीट गर्ने प्रयास गरेको आरोप लगाइएको छ। स्वपन साहाले बताएअनुसार उक्त श्मशान घाटमा बाहिरका मानिसहरू आएर बेला-बेलामा उपद्रव गर्ने गरेको साथै श्मशान घाटको देवाल भत्काएर त्यहीँ बाटो भएर ओहोर दोहोर गर्ने गर्दछन्। शोकमा परेको परिवारका सदस्यहरूसित यस प्रकारको व्यवहार गरिनु उचित नरहेको बताउँदै तिनले उक्त घटनाको तीव्र निन्दा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *