सिलगढ़ी किशोर सङ्घ मैदानमा भेट्टाइयो अज्ञात बालक

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत पर्ने 4 नम्बर वार्डस्थित किशोर संघको खेल मैदान नजिकबाट एकजना बालक उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आज अपरान्ह स्थानीय मानिसहरूले किशोर संघ मैदान नजिक उक्त बालकलाई यताउता घुमफिर गरिरहेको देखेपछि इलाका निवासी पिन्टु घोष, एमडी निजाम, अभिषेक रजाकले उक्त बालकसँग सोधखोज गर्दा बालकले आफ्नो घर बिर्सेर यताउता घुमफिर गरिरहेको थाहा पाए।


यसपछि तिनीहरूले उक्त बालकलाई खालपाड़ा टाउन आउटपोस्टमा लगेर गए। बालकलाई सोधखोज गर्दा विवेक नाम रहेको अनि तिनको आमा-बाबुको नाम राजकुमार र रानी देवी रहेको बताए। तथापि, बालकले आफ्नो घरको ठेगाना भन्न नसकेको साथै पुलिसले बालकको परिवारका सदस्यहरूको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *