सिलगढीको तीनबत्ती मोडमा नयाँ बस स्ट्यान्डको उद्घाटन

सिलगढी, 20 नोभेम्बर (निसं): सिलगढीको तीनबत्ती मोडमा एनबीएसटीसीको नयाँ बस स्ट्यान्ड बुधबार उद्घाटन गरिएको छ। नयाँ बस स्ट्यान्ड लगभग अढाई ऐकर जग्गामा निर्माण गरिएको छ। तीनबत्ती मोडदेखि गेट बजार जाने सडकमा पहिला एनबीएसटीसी-को कार्यालय थियो। पछि सिलगढी नगर निगमले उक्त जग्गामा बस स्ट्यान्डको निर्माण सुरु गर्यो। पहिलो चरणको काम पूरा भएपछि बस स्ट्यान्डको उद्घाटन गरियो। बुधबारको उद्घाटन समारोहमा एनबीएसटीसी-का अध्यक्ष पार्थ प्रतिम राय, सिलगढी नगर निगमका मेयर गौतम देव लगायत अन्य अधिकारीहरू उपस्थित थिए।
हाल, एनबीएसटीसी-को नयाँ बस स्ट्यान्डबाट चार रुटका लोकल बसहरू चल्नेछन्। जानकारी अनुसार, पानीट्याङ्की, खोरीबारी, नक्सलबारी र पहाडगुमिया यी चार रुटहरूमा 12 वटा बस चलाइनेछ। अर्कोतर्फ, कोर्ट मोडबाट निजी लोकल बसहरू चल्दैछन्। मेयर गौतम देवले ती बसहरूलाई नयाँ बस स्ट्यान्डबाट चलाउने कुरा गरेका थिए, तर निजी बस मालिक संगठन यसको लागि तयार भएन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin