सिलगढीको 11 नम्बर वार्डमा आजदेखि वार्ड उत्सव शुरू

सिलगढी : सिलगढीको 11 नम्बर वार्डमा आजदेखि वार्ड उत्सव गीत अञ्जलि शुरू भएको छ। रङ्गारङ्ग शोभायात्राको साथमा आज वार्ड उत्सवको शुरूआत गरियो। वार्डको मित्र सम्मेलनी हल अघिबाट रङ्गारङ्ग शोभायात्रा निकालेर वार्डको विभिन्न पथहरूको परिक्रमा गर्यो। यस अवसरमा वार्ड काउन्सिलर मञ्जुश्री पाल, पूर्व काउन्सिलर नान्टु पाल, सिलगढीका विधायक शङ्कर घोष, नगरनिगमका विरोधी दल नेता अमित जैन उपस्थित थिए। आगामी 22 जनवरीसम्म चल्ने उक्त वार्ड उत्सवमा विविध कार्यक्रम लगायत सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *