सिलगढीको 12 नम्बर वार्डका एकजना व्यक्ति कोरोना संक्रमित

सिलगढी : सिलगढी नगरनिगमको 12 नम्बर वार्डको कञ्चनजङ्घा स्टेडियम संलग्न इलाकामा एकजना व्यक्ति कोरोना संक्रमित भएको छ। नगरनिगमको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार उक्त व्यक्ति केही दिन अघि उत्तर दिनाजपुर जिल्लाबाट आएपछि होम क्वारेन्टाइनमा थिए। तिनको नमूना संग्रह गरेर परीक्षण गरेपछि आज रिपोर्ट पोजेटिभ आएको छ। पीडितका परिवारका सदस्यहरूको पनि स्वाब टेस्ट गरिने साथै उक्त व्यक्ति क-कसको सम्पर्कमा आएका थिए भन्नेबारे जाँच गरिरहेको बताइएको छ। कोरोना संक्रमित व्यक्तिलाई मतिगढास्थित कोभिड अस्पतालमा पठाएको छ। वार्ड कमिटीको तर्फबाट उक्त वार्डमा सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *