सिलगढीको 12 नम्बर वार्डमा 50 वटा सीसीटीभी क्यामाराको उद्घाटन

सिलगढी : सुरक्षालाई ध्यानमा राखेर सिलगढी नगरनिगमको 12 नम्बर वार्डमा 50 वटा नयाँ सीसीटीभी क्यामारा जडान गरिएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद दुलाल दत्त, आलम खान, 12  नम्बर वार्ड पार्षद वासुदेव घोष, 7 नम्बर वार्ड पार्षद पिन्टु घोष लगायत अन्यले आज उक्त सीसीटीभी क्यामाराको उद्घाटन गरे। पार्षद कार्यालयबाट उक्त सीसीटीभीलाई मनिटर गरिनेछ। यसको साथै दुर्गा पुजाको अवसरमा वार्डका 20 जना सफाई कर्मीहरूलाई नयाँ लुगाफाटा पनि प्रदान गरियो। यस सम्बन्धमा गौतम देवले भने, यस वार्डका पार्षदको पहलमा 12 नम्बर वार्डमा सीसीटीभी क्यामारा जडान गरिएको हो। आगामी जनवरीदेखि सबै वार्डहरूमा सीसीटीभी क्यामारा जडान गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *