सिलगढीको 14 नम्बर वार्डको हरिजन बस्तीमा टीकाकरण शिविरको आयोजना

सिलगढी : उत्तरबंग सफाई कर्मचारी समितिको तर्फबाट सिलगढी नगरनिगमको सहयोगमा 14 नम्बर वार्डको हरिजन बस्तीमा आज टीकाकरण शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले उक्त शिविरको उद्घाटन गरे।


उक्त शिविरमा लगभग 200 जना सफाई कर्मचारीहरूलाई कोरोना भ्याक्सिनको प्रथम खोप लगाइयो। उत्तरबंग सफाई कर्मचारी समितिका उपाध्यक्ष शिव प्रसाद हेलाले बताएअनुसार उत्तरबंग सफाई कर्मचारी समितिको पक्षबाट सिलगढी नगरनिगममा आवेदन गरेपछि आज टीकाकरण शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *