सिलगढीको 15 नम्बर वार्डमा गुरु-शिष्य सुबीन भौमिक र रञ्जन सरकारमाझ प्रतिस्पर्धा हुने

सिलगढी : राजनैतिक जीवनमा तिनी गुरु हुन् भने गुरु यसपल्टको सिलगढी नगरनिगम चुनाउमा शिष्यको विरोधीको रूपमा चुनाउ मैदानमा ओर्लिएका छन्। सिलगढी नगरनिगम चुनाउमा 15 नम्बर वार्डका कङ्ग्रेस प्रार्थी सुबीन भौमिक तृणमूल प्रार्थी रञ्जन सरकारको राजनैतिक गुरू हुन्। सिलगढीको 15 नम्बर वार्डका तृणमूल प्रार्थी रञ्जन सरकारले आज चुनाउ प्रचार अवधि उक्त वार्डकै कङ्ग्रेस प्रार्थी सुबीन भौमिकको घरमा पुगेर तिनी लगायत तिनका स्वास्नीसित कुराकानी गरे। यस अवसरमा सुबीन भौमिकले भने, मेरो हात पक्रेर रञ्जन सरकारले राजनीति शुरू गरेको थियो। नगरनिगम चुनाउको लागि रञ्जनलाई शुभेच्छा दिएको साथै नगरनिगम चुनाउमा गुरु शिष्यमाझ प्रतिस्पर्धा हुने भएकोले वार्डका मानिसहरूले सटीक मानिसलाई मतदान गर्नेछ भनी तिनले बताए। अर्कोतिर, रञ्जन सरकारले भने, सबैको घर-घरमा गएर चुनाउ प्रचार गरिरहेको छु। नगरनिगम चुनाउका कङ्ग्रेस प्रार्थी सुबीन भौमिकसित आफ्नो पुरानो चिनाजाना रहेको तिनले जानकारी गराउँदै चुनाउको लागि तिनलाई आफूले शुभेच्छा दिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *