सिलगढीको 18 नम्बर वार्डमा चुनाउ कार्यालय तयार गर्ने विषयलाई लिएर भाजपा र सीपीआईएममाझ विवाद

सिलगढी : चुनाउ कार्यालय तयार गर्ने विषयलाई लिएर सीपीएम र भाजपा कार्यकर्ताहरूमाझ विवाद भएपछि सिलगढीको 18 नम्बर वार्डमा उत्तेजनाको माहौल सृजना भयो। प्राप्त जानकारीअनुसार धेरै दिन अघिदेखि सिलगढीको 18 नम्बर वार्डको श्रवणनगर इलाकाको एउटा खुल्ला ठाउँमा सीपीएमले चुनाउ कार्यालय बनाउने कार्य शुरू गर्दा भाजपाका कार्यकर्ताहरूले बाधा पुर्‍याएको आरोप रहेको छ। यसपछि दुई दलमाझ केही समयसम्म वाद विवाद हुँदा इलाकामा उत्तेजनाको माहौल सृष्टि भएको बताइएको छ। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। यस सम्बन्धमा सीपीएम कार्यकर्ता सन्तोष साहनीले बताएअनुसार चुनाउको समयमा आफ्नो पार्टीले यहाँ चुनाउ कार्यालय बनाउने गर्दछ। प्रत्येक वर्ष झैँ यसपल्ट पनि यहाँ चुनाउ कार्यालय बनाउने कार्य शुरू गर्दा भाजपाका केही दुष्कृतिहरूले बाधा पुर्‍याउनको साथै धम्की समेत दिएको तिनले आरोप लगाए। अर्कोतिर, भाजपा कार्यकर्ता विश्वजीत साहाले बताएअनुसार उक्त ठाउँ कसैको व्यक्तिगत ठाउँ नरहेकोले गर्दा यस ठाउँलाई पार्टीको कार्यको लागि प्रयोग नगरेर इलाकावासीहरूको लागि प्रयोग गरियोस् भन्ने कुरा राख्दा समस्या सृष्टि भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.