सिलगढीको 18 नम्बर वार्डमा कलभर्ट निर्माणमा गुणस्तरीय समानको प्रयोग नगरेको आरोप लगाउँदै गाउँलेहरूद्वारा पार्षदलाई घेराउ गरेर विरोध प्रदर्शन

सिलगढी : सिलगढी नगरनिगमको 18 नम्बर वार्डमा नयाँ कलभर्टको निर्माण गरेको छ। तर उक्त कलभर्ट भएर यातायात शुरू हुनसाथ कलभर्टको अघि सड़कको एउटा भाग भत्किएको छ। यसपछि आक्रोशित स्थानीय मानिसहरूले गुणस्तरीय समानको प्रयोग नगरेको आरोप लगाउँदै पार्षदलाई घेराउ गरेर विरोध प्रदर्शन गरे। सिलगढीको 18 नम्बर वार्ड अन्तर्गत राणाबस्ती इलाकामा नयाँ कलभर्टको निर्माण गरेको थियो भने निर्माण कार्य पुरा भएपछि आजदेखि त्यहाँबाट आवागमन शुरू गरियो। उक्त कलभर्ट भएर वाहनहरूको आवाजाही शुरू हुनसाथ कलभर्ट अघि सड़कको एउटा भाग भत्किएपछि स्थानीय मानिसहरूले क्षोभ प्रकट गर्दै कलभर्टको निर्माणमा गुण स्तरीय समानको प्रयोग नगरेको आरोप लगाए। घटनाको खबर पाएर वार्ड पार्षद संजय शर्मा घटनास्थलमा पुगेपछि स्थानीय मानिसहरूले पार्षदलाई घेराउ गरेर विरोध प्रदर्शन गरे। सिलगढी पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याए। यस सम्बन्धमा पार्षद संजय शर्माले भने, हाल कलभर्टको काम पुरा भएको छैन। कलभर्ट भएर जाने सड़कको एउटा भाग भत्किएको छ। सोमबार निर्माण कर्मीहरू आएर इलाकाको निरीक्षण गरेपछि फेरि मरमति कार्य शुरू गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *