सिलगढीको 18 नम्बर वार्डमा पक्काको घर र स्वास्थ्य केन्द्र निर्माण कार्यको मेयर गौतम देवद्वारा निरीक्षण

सिलगढी : सिलगढी नगरनिगमको 18 नम्बर वार्डमा पक्काको घर र स्वास्थ्य केन्द्र निर्माण कार्यको मेयर गौतम देवले निरीक्षण गरे। लगभग 1 वर्ष अघि 18 नम्बर वार्डमा भयावह आगलागीमा लगभग 30 वटा घर जलेर खरानी भएको थियो। त्यस समय नगरनिगमको तर्फबाट मेयरले नगरनिगमको तर्फबाट पीडित परिवारलाई घर बनाइदिने वाचा गरेको थियो। त्यहीँ वाचा अनुसार घर निर्माण कार्य शुरू गरिएको छ। आज मेयर देवले उक्त इलाकामा गएर घर निर्माण कार्यको निरीक्षण गरे। यस अवसरमा वार्ड काउन्सिलर सञ्जय शर्मा, 3 नम्बर बोरो चेयरम्यान मिली सिन्हा लगायत नगरनिगमका अधिकारीहरू उपस्थित थिए। मेयर गौतम देवले भने, लगभग 84 लाख रुपियाँको लागतमा पीडित परिवारको लागि 30 वटा पक्काको घर निर्माण गरिरहेको छ। घर निर्माण कार्य समाप्त हुन लागेको छ। यसको साथै स्वास्थ्य केन्द्र निर्माण कार्य पनि लगभग समाप्त हुन लागेको छ। आगामी 15 अगस्तमा यसको उद्घाटन गर्न सकिने तिनले आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *