सिलगढीको 1 नम्बर वार्डका अग्निपीडित परिवारलाई पार्षदद्वारा सहयोग

सिलगढी : सिलगढीको 1 नम्बर वार्ड धर्मनगर इलाकामा हिजो आगलागी हुँदा केही परिवार घरविहीन बनेका छन्। उक्त आगलागीमा लगभग 10 वटा घर जलेर खरानी भएको छ। अग्निकाण्ड पीडित परिवारलाई जाँडोको मौसममा न्यानो लुगाफाटा, खाना लगायत बस्नको घर समेत छैन। यस्तो परिस्थितिमा वार्ड पार्षद सञ्जय पाठकले ती पीडित परिवारहरूको सहयोगको लागि एसडीओ र जिल्लाशासकसित कुराकानी गरेर राज्य सरकारी योजना अन्तर्गत सबै प्रकारको मददको लागि सहयोगको हात बढाएको छ। वार्ड पार्षद सञ्जय पाठकले सरकारी योजना अन्तर्गत डीएमद्वारा प्रदान गरिएको सामग्री, तारपोलिन, कम्बल र न्यानो लुगाफाटा पीडित परिवारहरूलाई प्रदान गरे। यस अवसरमा पार्षद सञ्जय पाठकले भने, 1 नम्बर वार्डको धर्मनगर इलाकामा आगलागीमा जुन-जुन परिवारहरूको क्षयक्षति भएको छ तिनीहरूलाई सरकारी परियोजना अन्तर्गत राहत सामग्री प्रदान गरियो। आगामी दिनमा पनि पीड़ित परिवारलाई सरकारी योजना अन्तर्गत सहयोग गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *