सिलगढीको 20 नम्बर वार्डका काउन्सिलर अभया बोसको पहलमा आगो निभाउने बालुवाको बोरा वितरण

सिलगढी : गत केही दिन अघि आगलागी हुँदा सिलगढीको 18 नम्बर वार्डको खुदीराम कोलनीको धेरैवटा घरहरू जलेर खरानी भएको थियो। स्थानीय मानिसहरूको आरोप अनुसार दमकल विभाग ढिलो आएकोले साथै कोलनी भित्र प्रवेश गर्ने बाटो संकीर्ण रहेकोले दमकलको वाहन त्यहाँ जान नसकेकोले गर्दा नै उक्त आगलागीमा धेरै क्षति भएको थियो। सिलगढीको विभिन्न वार्डको बस्ती एवम् कोलनीमा संकीर्ण बाटो भएकोले गर्दा दमकलको वाहन त्यहाँ जान सम्भव हुँदैन। यसैले उक्त कुरालाई ध्यानमा राखेर आज सिलगढी नगरनिगमको 20 नम्बर वार्डका काउन्सिलर अभया बोसको पहलमा बस्ती तथा कोलनीहरूमा आगो निभाउने बालुवाको बोरा वितरण गरियो। यदि आगलागी भएको खण्डमा चाँडै उक्त बालुवाको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याउन सकिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *