सिलगढीको 20 नम्बर वार्डमा नयाँ पिँढीको लागि बनाइयो सेल्फी जोन

सिलगढी : सिलगढी नगरनिगमको 20 नम्बर वार्डमा नयाँ पिँढीहरूको लागि सेल्फी जोन तयार गरिएको छ। उक्त सेल्फी जोनमा आई लभ वार्ड-20 लेखिएको छ। वार्ड को-अर्डिनेटर रञ्जन सरकारको पहल तथा एसजेडीएको सहयोगमा उक्त सेल्फी जोन तयार गरेको बताइएको छ। यस सम्बन्धमा रञ्जन सरकारले बताएअनुसार नयाँ पिँढीलाई ध्यानमा राखेर अन्य विविध विकासमूलक कार्यहरू गरिरहेको साथै सिलगढीको एयरभ्यु मोडमा अझै एउटा सेल्फी जोन बनाउने उद्देश्य लिएर राज्यका पर्यटन मन्त्री गौतम देवलाई निवेदन गरेको छ। एयरभ्युमा बनाउने सेल्फी जोनमा आई लभ सिलगढी लेखिइने तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *