सिलगढीको 23 नम्बर वार्डस्थित एउटा फ्ल्याटमा आगलागी

सिलगढी : सिलगढी नगरनिगमको 23 नम्बर वार्डको सूर्यनगर मैदान संलग्न एउटा फ्ल्याटमा भयावह आगलागी हुँदा भागदौड मच्चियो। प्राप्त जानकारी अनुसार गत राति उक्त फ्ल्याटमा कोही थिएन। आज बिहान स्थानीय मानिसहरूले फ्ल्याटबाट धुवाँ निस्केको देखे। हेर्दाहेर्दा आगोले विकट रूप लिएर फ्ल्याटको चारैतिर आगो फैलियो। घटनाबारे दमकल विभाग तथा फ्ल्याट मालिकलाई खबर दिए। घटनाको खबर पाएर दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर केही घण्टाको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि आगलागीमा घरभित्रको सबै समानहरू जलेर खरानी भएको छ। आगलागीको खबर पाएर सिलगढीका मेयर गौतम देव, वार्ड काउन्सिलर लक्ष्मी पाल, वार्ड कमिटीका सदस्य बाबलु पाल लगायत अन्य घटनास्थलमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *