सिलगढीको 23 नम्बर वार्डमा चिया चर्चामा अंश ग्रहण गरे दिलीप घोषले

सिलगढी: भाजपा अखिल भारतीय उपाध्यक्ष दिलीप घोषले आज सिलगढी नगरनिगमको 23 नम्बर वार्डमा चिया चर्चा कार्यक्रममा अंश ग्रहण गरे। पञ्चायत चुनाउ नजिकै रहेकोले यसलाई केन्द्र गरेर तिनले विभिन्न ठाउँमा जनसम्पर्क अभियान चलाइरहेका छन्। यसै क्रममा तिनले आज सिलगढीको 23 नम्बर वार्डमा चिया चर्चा कार्यक्रममा अंश ग्रहण गरे। यस अवसरमा सिलगढीका विधायक शङ्कर घोष, विधायक आनन्दमय बर्मन, विधायक शिखा च्याटर्जी लगायत अन्य नेतृत्वहरू उपस्थित थिए। चिया चर्चामा अंश गरेर तिनले विविध विषयमा चर्चा परिचर्चा गरे। तिनले भने, बङ्गालमा मन्त्रीहरू पनि सुरक्षित छैनन्। चुनाउमा खडा नहोस् भनेर आफूहरूलाई डर देखाउने कार्य गरिरहेको छ। तृणमूलले विपक्षी पार्टीका नेता तथा कार्यकर्ताहरूमाथि बमद्वारा हमला गरिरहेको छ। आफूहरूद्वारा घर घेराउ गर्नेछौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *