सिलगढीको 23 नम्बर वार्डमा कोरोना टीकाकरण शिविर

सिलगढी : दुर्गा पुजापछि कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले स्वास्थ्य विभागको चिन्ता बढेको छ। यस्तो परिस्थितिमा राज्य सरकारले मानिसहरूलाई कोरोनाको खोप लगाउनमा जोर दिइरहेको छ। यसै क्रममा सिलगढी नगरनिगमको पहल तथा 23 नम्बर वार्ड कमिटीको सहयोगमा आज माइकल मधुसुदन विद्यापीठको प्राङ्गणमा टीकाकरण शिविरको आयोजना गरियो। उक्त शिविरमा वृद्ध नागरिक लगायत साधारण मानिसहरूलाई कोरोनाको खोप लगाइने 23 नम्बर वार्ड कमिटीका सदस्य बाबलु पालले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *