सिलगढीको 24 नम्बर वार्डमा रेपिड एन्टीजेन टेस्ट

सिलगढी : सिलगढी नगरनिगमको 24 नम्बर वार्डमा आज बिहानैदेखि रेपिड एन्टीजेन टेस्ट शुरू भएको छ। उक्त वार्डका धेरैजना मानिसहरूले रेपिड एन्टीजेन टेस्ट गराएपछि यसको केही समयपछि नै रिपोर्ट प्राप्त गरेको बताइएको छ। यसबाहेक सिलगढी सहरको विभिन्न वार्ड तथा बजारहरूमा रेपिड एन्टीजेन टेस्ट गर्ने निर्णय लिएको छ। यस अवसरमा वार्ड काउन्सिलर शङ्कर घोष, नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान अशोक भट्टाचार्य उपस्थित थिए। शङ्कर घोषले बताएअनुसार कोरोना भाइरसको लक्षण देखा नपरेका मानिसहरूलाई चिन्हित गर्ने उद्देश्य लिएर उक्त टेस्ट गराइएको साथै यस प्रकारको रोगीबाट भाइरस फैलिने सम्भावना अधिक रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *