सिलगढीको 24 नम्बर वार्डको तृणमूल प्रार्थी परिवर्तन गर्नुपर्ने मागमा विक्षोभ तथा पथ अवरोध

सिलगढी : सिलगढीको 24 नम्बर वार्डका मानिसहरूले तृणमूल प्रार्थी परिवर्तन गर्नुपर्ने मागमा आज पथ अवरोध गर्दै विक्षोभ प्रदर्शन गरे। प्रतुल चक्रवर्तीलाई उक्त वार्डको तृणमूल प्रार्थीको रूपमा घोषणा गरेपछि आज बिहानैदेखि इलाकाका केही मानिसहरूले तृणमूलको झण्डा बोकेर पथ अवरोध गर्दै विक्षोभ प्रदर्शन गरे। यस अवधि विक्षोभकारीहरूले चाँडै प्रार्थी परिवर्तन गरेर तृणमूल नेता विकास सरकारलाई उक्त वार्डको प्रार्थी चयन गरिनुपर्ने माग गरे। गतपल्ट पनि प्रतुल चक्रवर्तीलाई तृणमूल प्रार्थीको रूपमा खडा गरे तापनि तिनी पराजित भएका थिए। तर पनि यसपल्ट तिनलाई फेरि किन तृणमूल प्रार्थीको रूपमा खडा गरेको हो भन्ने विकास सरकारका अनुगामीहरूले प्रश्न खडा गरेका छन्। यस अवसरमा विकास सरकारले भने, पार्टीले प्रतुल चक्रवर्तीलाई योग्य ठानेर तृणमूल प्रार्थीको रूपमा खडा गरेको छ। तथापि, यस वार्डका मानिसहरूले आफूलाई तृणमूल प्रार्थीको रूपमा खडा गर्न चाहेकोले गर्दा नै तिनीहरूले आज पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको तिनले बताए। अर्कोतिर, प्रतुल चक्रवर्तीले विक्षोभ प्रदर्शनबारे आफूलाई केही थाहा नभएको बताउँदै चुनाउ अघि सबै सामान्य हुने जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *