सिलगढी : सिलगढी नगरनिगम चुनाउका सीपीआईएम प्रार्थी इन्द्रजीत चन्द र निर्दलीय प्रार्थी विकास सरकारको चुनावी ब्यानरहरू च्यातिदिएको घटनालाई केन्द्र गरेर सिलगढीको 24 नम्बर वार्डमा आज बिहान माहौल उतप्त बन्यो। वाम प्रार्थी इन्द्रजीत चन्द र निर्दलीय प्रार्थी विकास सरकारका समर्थकहरूले आज बिहान सिलगढीको 24 नम्बर वार्डको भारतनगर एथलेटिक क्लब नजिक लगाइएको ब्यानरहरू च्यातिदिएको देखे। विपक्षी पार्टीको प्रार्थीका समर्थकहरू सीपीआईएमसित पराजित हुने डरले उक्त कार्य गरेको 24 नम्बर वार्डका वाम प्रार्थी इन्द्रजीत चन्दले बताए। यसैगरी, 24 नम्बर वार्डका निर्दलीय प्रार्थी विकास सरकारले सत्तारूढ पार्टीका नेतृत्वहरूको निर्देशमा उक्त कार्य गरेको आरोप लगाए। अर्कोतिर, विकास सरकारले लगाएको सबै आरोपहरू निराधार रहेको साथै तृणमूल विरुद्ध षड्यन्त्र गरेको 24 नम्बर वार्डका तृणमूल प्रार्थी प्रतुल चक्रवर्तीले बताए।