सिलगढीको 24 नम्बर वार्डमा मतदानलाई लिएर उत्तेजना, विभिन्न दलहरूमाझ आरोप प्रत्यारोप

सिलगढी : सिलगढीको 24 नम्बर वार्डको जगदीशचन्द्र विद्यापीठ मतदान केन्द्रमा आज उत्तेजनाको माहौल सृष्टि भयो। तृणमूल कङ्ग्रेसले लगाएको आरोप अनुसार भाजपा प्रार्थी शङ्कर घोष र निर्दलीय प्रार्थी विकास सरकारले मतदान केन्द्रभित्र पसेर मतदाताहरूलाई प्रभावित पारिरहेको छ। यसैलाई केन्द्र गरेर उत्तेजनाको माहौल देखापरेको बताइएको छ। अर्कोतिर, भाजपा, निर्दलीय प्रार्थी विकास सरकार, वाम प्रार्थी इन्द्रजीत चन्दले उल्टै तृणमूलका कार्यकर्ता तथा समर्थकहरू मतदान केन्द्रमा पसेर मतदाताहरूलाई प्रभावित गरिरहेको आरोप लगाएका छन्। आफूहरूले केवल मतदाताहरूको लाइन ठिक गराएको बताउँदै तिनीहरूले अझ भने, जो प्रार्थी हुन् तिनीहरू मात्र मतदान केन्द्रभित्र बस्न सक्छन् तर पार्टीका कार्यकर्ता तथा समर्थकहरू कसरी मतदान केन्द्रभित्र पस्यो भन्दै तिनीहरूले प्रश्न खडा गरेका छन्। सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याए भने पुलिसको हस्तक्षेपमा मतदान प्रक्रिया पुनः सुचारू रूपमा शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *