सिलगढीको 26 नम्बर वार्ड उत्सव शोभायात्राको साथमा शुरू

सिलगढी (निसं): सिलगढी नगर निगमको विभिन्न वार्डहरूमा वार्ड उत्सव कार्यक्रम विविध रंगारंग कार्यक्रमको साथमा सम्पन्न भइरहेको छ। यसैक्रममा आज एउटा रंगारंग शोभायात्राको माध्यमद्वारा  सिलगढीको 26 नम्बर वार्डमा पनि वार्ड उत्सव मैत्री 2024को शुरुवात गरियो। सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले उक्त वार्ड उत्सवको विधिवत् उद्घाटन गरे। यस अवसरमा मेयर परिषद माणिक दे21 नम्बर वार्ड पार्षद कुन्तल राय, वार्ड पार्षद शिक्ता दे बसु राय लगायत अन्य उपस्थित थिए। आजको वार्ड उत्सव शोभायात्रामा विशेष गरेर वार्ड नम्बर 26 का साना नानीहरू अलग-अलग वेशभूषा पहिरिएर सामेल भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *