सिलगढीको 27 नम्बर वार्ड काउन्सिलरद्वारा डेङ्गुबारे जागरूक गर्नको साथै प्लास्टिकको प्रयोग नगर्ने अपील

सिलगढी : सिलगढी नगरनिगमको 27 नम्बर वार्ड काउन्सिलर प्रशान्त चक्रवर्तीले आज डेङ्गुबारे वार्डवासीलाई जागरूक गराउनको साथै प्लास्टिकको प्रयोग बन्द गर्ने सन्देश दिए। काउन्सिलर प्रशान्त चक्रवर्तीले आज स्वास्थ्य कर्मीहरूलाई साथमा लिएर वार्डको विभिन्न इलाकामा सचेतनतामूलक प्रचार गरे।


यस अवधि तिनले डेङ्गुबारे जागरूक गराउनको लागि लिफलेट वितरण गर्नको साथै प्लास्टिकको प्रयोग नगर्ने अपील गर्दै वार्डको विभिन्न दोकानहरूमा स्टिकर लगाएको बताइएको छ। यस विषयमा प्रशान्त चक्रवर्तीले भने, वार्डवासीलाई डेङ्गुबारे जागरूक गर्नको साथै प्लास्टिकको प्रयोग बन्द गर्ने अपील पनि गरे। यदि कसैले नगरनिगमको उक्त नियमको उल्लङ्घन गरेको खण्डमा जरिमाना लगाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *