सिलगढीको 28 नम्बर वार्डमा कोरोना टीकाकरण शिविर

सिलगढी : उत्तरबंग सफाई कर्मचारी समितिको तर्फबाट सिलगढी नगरनिगमको सहयोगमा 28 नम्बर वार्डको नव्यज्योति संघमा आज कोरोना टीकाकरण शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले रिबन काटेर उक्त शिविरको विधिवत् उद्घाटन गरे।


उक्त शिविरमा 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरू तथा 45 वर्षदेखि माथिकाहरूलाई कोरोनाको खोप लगाइयो। शिविरमा मोठ 200 जनालाई कोरोनाको खोप लगाइएको बताइएको छ। उक्त शिविरमा प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *