सिलगढीको 2 नम्बर बोरो कार्यालयमा ‘द्वारे सरकार’ कार्यक्रम

सिलगढी : राज्यभरिमा झैँ आज सिलगढी नगरनिगमको 2 नम्बर वार्डस्थित बोरो कार्यालयमा द्वारे सरकार कार्यक्रमको आयोजना गरियो। सिलगढी नगरनिगमको 6 देखि 15 नम्बर वार्डका मानिसहरूको लागि सिलगढीको किरणचन्द्र भवनमा उक्त कार्यक्रमको आयोजना गरिएको छ। यस कार्यक्रममा 2 नम्बर बोरो कार्यालयका चेयरम्यान प्रदीप गोयल पनि उपस्थित थिए। तिनले बताएअनुसार द्वारे सरकार कार्यक्रम आगामी जनवरी महीनासम्म चल्नेछ। यस कार्यक्रमको माध्यमद्वारा नगरनिगमका मानिसहरूले राज्य सरकारद्वारा प्रदान गरिएको विविध परियोजनाहरूको लाभ उठाउन सक्नेछन् भनी तिनले आशा व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *