सिलगढीको 2 नम्बर बोरोको तर्फबाट नक आउट फुटबल टुर्नामेन्टको आयोजना

सिलगढी (निसं): सिलगढीको 2 नम्बर बोरोको तर्फबाट सिलगढी रामकृष्ण समिति मैदानमा एक दिवसीय नक आउट फुटबल टुर्नामेन्टको आयोजना गरियो। सिलगढी नगरनिगमको 14 नम्बर वार्डस्थित रामकृष्ण समिति मैदानमा आयोजित उक्त टुर्नामेन्टमा 2 नम्बर बोरो अन्तर्गत वार्डहरूबाट विभिन्न टोलीले अंश ग्रहण गरेका छन्। उक्त टुर्नामेन्टको उद्घाटन सिलगढी नगरनिगमका मेयर गौतम देव, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्तीले गरे। यस अवसरमा  8 नम्बर वार्डकी पार्षद शालिनी डालमिया, 14 नम्बर वार्डकी पार्षद श्रावनी दत्त लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *