सिलगढीको 2 वटा मल कुटपीटको अखाड़ामा परिणत, 10 जना पक्राउ

सिलगढी : भक्ति नगर थाना अन्तर्गत सेभोक रोडस्थित दुईवटा मल हङ्गामा तथा कुटपीटको अखाड़ामा परिणत भयो। यी 2 वटा मलको पब तथा बारको बाउन्सरबीच पहिला झगडा भएपछि यो झगडा रणक्षेत्रमा परिणत भयो। घटनामा केही मानिसहरू घाइते भएका छन्। घटनाको खबर पाएर भक्ति नगर थाना पुलिस घटनास्थलमा पुगे तापनि पुलिस कर्मीहरूलाई पनि कुटपीट गरेको आरोप रहेको छ। यसपछि विशाल पुलिस वाहिनी तथा र्‍याफ टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रण गर्नको साथै घटनामा 10 जनालाई पक्राउ गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत राति बाउन्सर प्रोभाइड गर्ने 2 वटा संस्थाबीच हङ्गामा शुरू हुँदा दुवै संस्थाका बाउन्सरहरू आपसमा झगडा गर्न थालेपछि इलाकामा तनाउको माहौल देखापर्यो। पक्रा परेका 10 जना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *