सिलगढीको 31 नम्बर वार्डमा बंगध्वनि यात्रा

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत 31 नम्बर वार्डमा तृणमूल कांग्रेसको तर्फबाट बंगध्वनि यात्राको आयोजना गरियो। बंगध्वनि यात्रामा राज्यका पर्यटन मन्त्री गौतम देव मुख्य रूपमा उपस्थित थिए भने तृणमूलका धेरै कार्यकर्ता लगायत समर्थकहरू पनि उपस्थित थिए। स्मरण रहोस्, राज्य सरकारको 10 वर्षको विकास कार्यहरूको एउटा रिपोर्ट कार्ड तैयार गरेको छ भने उक्त रिपोर्ट कार्ड साधारण मानिसहरू समक्ष पुर्‍याउने उद्देश्य लिएर राज्यभरिमै बंगध्वनि यात्रा शुरू गरेको हो। सिलगढी नगरनिगमको 31 र 33 नम्बर वार्डमा आज बंगध्वनि यात्राको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *