सिलगढीको 31 नम्बर वार्डमा रहेको सीपीएमको चुनावी कार्यालय तोडफोडपछि थानामा अभियोग दर्ता

सिलगढी : सिलगढीको 31 नम्बर वार्डस्थित सीपीएमको चुनावी कार्यालयमा भएको तोडफोडको घटनालाई लिएर तृणमूलविरुद्ध अभियोग उठेको छ। यसपछि आज सीपीएमका नेतृत्वहरूले घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेका छन्। प्राप्त जानकारीअनुसार हिजो साँझ सिलगढीको 31 नम्बर वार्डको स्कुल मोडमा रहेको सीपीएमको चुनावी कार्यालयमा स्थानीय केही तृणमूल कर्मीहरूले तोडफोड गर्नको साथै कार्यालयमा रहेको महिला कार्यकर्ताहरूलाई धम्की समेत दिइएको बताइएको छ। यसपछि सीपीएमका नेतृत्वहरूले घटनाको प्रतिवादमा आवाज उठाउँदै घटनाको आरोपीलाई सजाय दिइनुपर्ने माग पनि गरेका छन्। सीपीएमका नेतृत्वहरूले आज यस सम्बन्धमा एनजेपी थानामा लिखित अभियोग दर्ता गरे। यस सम्बन्धमा सीपीएम दार्जिलिङ जिल्ला सचिव समन पाठकले भने, सिलगढी नगरनिगम चुनाउमा आफ्नो पार्टीको पराजित निश्चित रहेको थाहा पाएर तृणमूल कङ्ग्रेसले यस प्रकारको कार्य गरेको हो। अर्कोतिर, तृणमूलले उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *