सिलगढीको 31 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेस-द्वारा शिक्षक दिवस पालन

सिलगढी : सिलगढी नगरनिगमको 31 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसको तर्फबाट शक्तिगढ़ स्कुल मोड़मा डा. सर्वपल्ली राधा कृष्णनको जन्मदिन मनाइयो। यस अवसरमा सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान गौतम देव उपस्थित थिए। केक काटेर तथा शिक्षकहरूलाई रुखको विरुवा प्रदान गरेर शिक्षक दिवस पालन गरियो।


यसपछि गौतम देवले शक्तिगढ़ विद्यापीठ हाई स्कुल परिसरमा कटहरको दुईवटा विरुवा रोपे। यस अवसरमा गौतम देवले भने, आज देशको पहिलो उपराष्ट्रपति डा. सर्वपल्ली राधा कृष्णनको जन्मदिन हो। यस दिन देशभरिमै शिक्षक दिवसको रूपमा पालन गर्दै आइरहेको छ। तिनले डा. सर्वपल्ली राधा कृष्णनलाई पुष्प चढाएर श्रद्धा सुमन अर्पण गरेपछि सबै शिक्षकहरूलाई संवर्द्धना जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.