सिलगढीको 33 नम्बर वार्डमा गौतम देवलाई पराजित गर्ने भाजपा प्रार्थी परिमल सुत्रधरको हुँकार

सिलगढी : सिलगढी नगरनिगम चुनाउको लागि 33 नम्बर वार्डमा पूर्व मन्त्री तथा तृणमूल प्रार्थी गौतम देवको प्रतिद्वन्द्वीको रूपमा भाजपा प्रार्थी परिमल सुत्रधर रहेको छ। तिनले आज जलपाईगढीका सांसद जयन्त रायलाई साथमा लिएर सिलगढीको 33 नम्बर वार्डको घर-घरमा गएर चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि परिमल सुत्रधरले मुख्यमन्त्री ममता ब्यानर्जीलाई नन्दीग्राममा शुभेन्दु अधिकारीले जसरी पराजित गरेका थिए त्यसरी नै आफूले पनि गौतम देवलाई यस चुनाउमा पराजित गर्ने बताए। यसपल्टको नगरनिगम चुनाउमा वार्ड नम्बर 33 बाट आफ्नो जीत निश्चित रहेको कुरामा तिनी आशावादी रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *