सिलगढीको 35 नम्बर वार्डको बुथमा ईभीएम मसिन खराब, 1 घण्टासम्म  लाइनमा उभिनुपर्यो मतदाताहरू

सिलगढी : सिलगढीको 35 नम्बर वार्डको भक्तिनगर जुनियर हाई स्कुलमा रहेको मतदान केन्द्रमा इभिएम मसिन खराब भएपछि मतदाताहरूलाई निक्कै असुविधा भयो। प्राप्त जानकारीअनुसार मतदान प्रक्रिया चलिरहेको समय 35/11 नम्बर पार्टमा इभिएम मसिन खराब भएकोले लगभग 1 घण्टा मतदान प्रक्रिया बन्द रहेको बताइएको छ। यसपछि नयाँ इभीएम मसिनमा पुनः मतदान प्रक्रिया शुरू गरियो। चुनाउ बुथमा खटिएका प्रिसाइटिङ अफिसरहरूले इभीएम मसिन खराब भएको कुरा स्वीकारेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *