सिलगढीको 36 नम्बर वार्डको अवैध निर्माण भत्काइदियो नगरनिगमले

सिलगढी : सिलगढी नगरनिगमले फेरि अवैध निर्माण विरुद्ध अभियान चलायो। नगरनिगमले आज सिलगढीको 36 नम्बर वार्डको एउटा अवैध निर्माण भत्काइदिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको 36 नम्बर वार्डको पाइप लाइन संलग्न इलाकामा अवैध रूपमा एउटा बहुतले भवन निर्माण गरिएको थियो। त्यहीँ भवनमा एउटा प्ले स्कुल पनि छ। केवल 2 तल्ला भवन निर्माण गर्ने अनुमति रहे तापनि घर मालिकले अवैध रूपमा त्यहाँ 4 तल्ला भवन निर्माण गरेको थियो। सिलगढी नगरनिगमको तर्फबाट धेरैपल्ट नोटिस पठाए तापनि उक्त अवैध निर्माण नभत्काएपछि आज नगरनिगमले पुलिस प्रशासनको उपस्थितिमा उक्त अवैध निर्माण भत्काइदिएको छ। स्मरण रहोस्, यसभन्दा अघि पनि उक्त बहुतले भवनमाथिको अंश भत्काइदिएको थियो। तरै पनि घर मालिकले फेरि अवैध रूपमा निर्माण शुरू गरेकोले गर्दा आज उक्त अवैध निर्माण भत्कादिएको बताइएको छ। यस अवधि कुनै प्रकारको अप्रिय परिस्थिति उत्पन्न नहोस् भन्ने उद्देश्यले विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *