सिलगढीको 37 नम्बर वार्डमा ‘स्थानीय वासिन्दा के प्रार्थी हिसेबे चाई’ लेखिएको पोस्टर टाँसेपछि गर्मियो राजनीतिक माहौल

सिलगढी : सिलगढी नगरनिगमको 37 नम्बर वार्डका मानिसहरूले स्थानीय वासिन्दा के प्रार्थी हिसेबे चाई अर्थात् स्थानीय वासिन्दालाई प्रार्थीको रूपमा चाहेको लेखिएको पोस्टरहरू उक्त वार्डको मुख्य मोड लगायत वार्डका पूर्व काउन्सिलर रञ्जन शील शर्माको कार्यालय नजिक टाँसिएको छ। स्मरण रहोस्, यसै महिना राज्य चुनाउ कमिशनको तर्फबाट कोलकाता हाईकोर्टलाई नगर चुनाउ सम्पन्न गराउने प्रस्ताव दिएपछि चुनाउको मिति तय हुन अगावै सिलगढीको 37 नम्बर वार्डमा यस प्रकारको पोस्टरहरू टाँसिएकोले विभिन्न तर्क वितर्क शुरू भएको छ। 37 नम्बर वार्डका पूर्व काउन्सिलर रञ्जन शील शर्माले भने, उक्त टाँसिएको पोस्टरसित आफूहरूको पार्टीको कुनै सम्पर्क नरहेको साथै आफ्नो पार्टीको प्रार्थीहरू यसरी निर्वाचित गरिँदैन। यदि तिनी सिलगढी नगरनिगम इलाकाको मतदाता हुन् भने तिनी कानुनी रूपमा कुनै पनि वार्डबाट उम्मेद्वारको रूपमा खड़ा हुन सक्नेछन्। यो पोस्टरहरू भाजपा र सीपीएमले टाँसे हुनसक्ने तिनले आशंका व्यक्त गरे। भाजपाका सिलगढी सांगठनिक जिल्लाका उपाध्यक्ष तुफान साहाले भने, सिलगढी तथा 37 नम्बर वार्डमा भाजपा कुनै गुटबाजी नरहेको साथै नगर चुनाउको लागि पाँचजना प्रार्थीको नाम एक वर्ष अघि नै जम्मा गरिसकेको छ। तृणमूल पार्टीको तर्फबाट उक्त पोस्टरहरू टाँसिएको हुनसक्ने तिनले बताए। अर्कोतिर, माकपाको एरिया कमिटीका सदस्य नकुल चन्द्र सरकारले भने, माकपाको कुनै गुटबाजी छैन। तृणमूल तथा भाजपा-ले उक्त पोस्टरहरू टाँसेको हुनसक्ने साथै आफ्नो पार्टीको छवि खराब गर्ने उद्देश्य लिएर यस प्रकारको निराधार आरोप लगाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *