सिलगढीको 39 नम्बर वार्डका तृणमूल प्रार्थी पिङ्की साहाले गरिन् चुनाउ प्रचार

सिलगढी : सिलगढीको 39 नम्बर वार्डका तृणमूल प्रार्थी पिङ्की साहाले आज चुनाउ प्रचार गरिन्। यस अवधि तिनी वार्डको घर-घर तथा दोकानहरू गएर आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरिन्। हाल कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर राज्य चुनाउ आयोगले केही दिशा-निर्देश जारी गरेको छ। उक्त निर्देशअनुसार उम्मेद्वार लगायत पाँचजना भन्दा अधिक मानिसहरू घर-घर गएर प्रचार गर्न सक्ने छैनन्। तथापि, आज तृणमूल कङ्ग्रेस प्रार्थी पिङ्की साहाको चुनाउ प्रचार अवधि कार्यकर्ता तथा समर्थकहरूको निक्कै भीड़ देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *