सिलगढीको 42 नम्बर वार्डस्थित टिन गोदाममा आगलागी

सिलगढी (निसं): सिलगढी नगरनिगमको 42 नम्बर वार्डस्थित एउटा टिन गोदाममा गत राति आगलागी हुँदा इलाकामा भागदौड मच्चियो। स्थानीय मानिसहरूले वार्डको सर्वपल्ली इलाकास्थित एउटा टिन गोदाम भित्रबाट धुवा निस्किरहेको देखेपछि घटनाबारे दमकल विभागलाई जानकारी दिए। घटनाको खबर पाएर दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीको घटनामा कसैको ज्यानलाई कुनै प्रकारको क्षति नपुर्‍याएको बताइएको छ। टिन गोदाममा जडान गरिएको सीसीटीभी क्यामाराको मसिनमा सर्ट सर्किट हुँदा उक्त आगलागी भएको हुनसक्ने प्राथमिक अनुमान लगाइएको छ। दमकल विभागले घटनाको जाँच सुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *