सिलगढीको 42 नम्बर वार्डको अवैध एउटा गोदाममा नगर निगमले चलायो बुलडोजर

सिलगढी : सिलगढी सहरमा रहेको अवैध भवन तथा गोदामहरूमा नगर निगमको तर्फबाट फेरि बुलडोजर चलाउन सुरू गरेको छ। यसैक्रममा आज 42 नम्बर वार्डको बंगाल बजार संलग्न क्षेत्रमा रहेको एउटा अवैध ठूलो गोदाममा सिलगढी नगर निगमले बुलडोजर चलाएर खाली गरिदिएको छ। यस अवैध गोदाम भत्काउनको लागि नगर निगमले सिलगढीको भक्ति नगर थानाको पनि सहायता लिएको थियो। अवैध निर्माण हटाएको अवधि कुनै प्रकारको असुविधा नहोस् भनेर भक्ति नगर थानाको विशाल संख्यामा पुलिस वाहिनी घटनास्थलमा तैनाथ गरिएको थियो। प्राप्त जानकारी अनुसार 42 नम्बर वार्डको बंगला बजार क्षेत्रमा उक्त अवैध गोदाम धेरै समय अघिदेखि थियो। तर यसबारे हालै केही मानिसहरूले नगर निगममा अभियोग दर्ता गरेपछि यसबारे जाँच गर्दै उक्त गोदामका मालिकलाई आवश्यक कागज पत्र जमा गर्ने नगर निगमले निर्देश दिएको थियो। तर नगर निगमले दिएको समय अवधि साथै नोटिस पठाए तापनि कुनै प्रकारको जबाव नआए पछि नगर निगमले कार्वाही गर्दै आज उक्त गोदाम जेसीबी-को सहयोगमा हटाइएको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes